श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Saturday July 2, 2022

पढ्न लाग्ने समय :


विराटनगर । मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारकी ३० वर्षीया बबिता मल्लिकको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ। शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदै २३ वर्षीय तिलका मल्लिकले श्रीमती बबिताको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगोले जलेर गम्भीर घाइते भएको अवस्थामा शुक्रबार राति १० बजेतिर उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा ल्याइएको थियो । शरीरका अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरिएकी उनको उपचारको क्रममा शनिबार बिहान ६ बजेतिर मृत्यु भएको थियो ।

प्रहरीकाअनुसार घरभित्रै मट्टिल छर्किएर पत्नीलाई आगो लगाएपछि तिलका फरार बनेका थिए। पत्नीलाई लगाएको आगोले घर पनि जलेर खरानी भएको छ । पत्नीलाई आगो झोसेर भागेका तिलकालाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले राति नै पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ।

तिलकाले सुरुमा आगो लाग्न थालेपछि डर लागेर बस्न नसकेकाले आफू घरदेखि पर गएको प्रहरीलाई बताएका थिए । खाना खाने बेलामा पत्नीसँग विवाद भएको र त्यसपछि शरीरमा मट्टितेल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए। तिलका र उनकी पत्नी सरसफाईको काम गर्थे। तिलकाले काम गर्दा भएको कमाई घरमा नदिने र अत्यधिक मदिरा सेवन गर्ने गरेको विषयलाई लिएर पति–पत्नीबीच बारम्बार झगडा भइरहने स्थानीयले प्रहरीलाई बताएका छन्।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर