शैक्षिक सूचकाङ्क सुधारोन्मुख

Sunday May 28, 2023

पढ्न लाग्ने समय :


काठमाडौं। आर्थिक सर्वेक्षण, २०८० ले शैक्षिक सूचकाङ्कहरु सुधारोन्मुख भएको देखाएको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसद्मा प्रस्तुत गरेको सो सर्वेक्षणले विद्यालय भर्ना दर, विद्यार्थी टिकाउ दर र साक्षरता दरमा वृद्धि आएको  र विद्यालय शिक्षामा लैङ्गिक समानता हासिल भएको जनाइएको छ ।

चालु आर्थिक वर्षमा प्राथमिक तहको खुद भर्ना दर ९७ दशमलव १, आधारभूत तहमा ९६ दशमलव १ र माध्यमिक तहमा ५७ दशमलव ४ प्रतिशत पुगेको छ । उक्त प्रतिशत गत आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि हो ।

कक्षा ८ सम्मको विद्यार्थी टिकाउ दर शैक्षिकसत्र २०७८ मा  ८५ दशमलव ६, कक्षा १० सम्ममा ६७ दशमलव ३ र कक्षा १२ सम्ममा ३५ दशमलव ४ प्रतिशत पुगेको छ । यस्तै १५ वर्ष उमेर माथिका नागरिकको साक्षरता दर ५८ रहेको छ ।

चालु आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान ८ दशमलव २२ प्रतिशत रहने र उत्पादन ४ दशमलव ०७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान शून्य दशमलव ११ प्रतिशतले सामान्य वृद्धि हुने अनुमान रहेको छ ।

सर्वेक्षणले विश्वका एक सय ९१ मुलुकमध्ये मानव विकास सूचकाङ्कमा नेपाल एक सय ४३औँ स्थानमा परेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।