शेरबहादुर देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

Friday February 27, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेकाको सम्पत्ति छानबिन गर्ने बताएका हुन्।

सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर पनि गरे। ‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ। यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छं। त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पती, मन्त्री भएको गगन थापाको सम्पती सबैभन्दा पहिला त्यहाँबाट छानबिन शुरु गर्छ,’ सभापति थापाले भने, ‘आफ्नो बा भएपनि छोडदैन । एउटा, एउटा कुराको छानबिन गर्छ। एउटा एउटा काण्डको छानविन गर्छ । र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न।’

सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिए। ‘त्यसका लागि संस्था बनाउँछ, कानून बनाउँछ । यो नेपाली काँग्रेस पार्टीले संकल्प गरेर आएको छ। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योगमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउँछ। तर कसरी ? चावुक चलाएर होइन । कसैलाई झुण्डयाएर होइन, कसैलाई ठोकेर होइन। नियम, कानून भित्र रहेर त्यो काम सकिन्छ,’ सभापति थापाले भने।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।