शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल

Saturday March 11, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएका छन् ।

काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

“सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर राम्रो छ, निजी विद्यालयको शुल्क महँगो छ, अभिभावकले तिर्न कठिनाइ भएको छ, राज्यले यसबारे सोच्नुपर्ने बेला आएको छ”, उनले भने । प्रमाणपत्रमुखी भन्दा नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता भएको उनको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कल्पना शर्माले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीन वटै पक्षको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

विद्यालयका प्राचार्य मीनकुमार कोइरालाले विद्यालयले पढाइमात्र नभएर अतिरिक्त क्रियाकलापलाई समेत अगाडि बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।