शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी

Sunday May 28, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही जेठ १५ गतेदेखि १९ गतेसम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह नेपालमा पनि मनाउने तयारी गरेको छ ।

‘डिकोलोजाइसेन एजुकेशन फाइनान्सिङ नाउ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यो कार्यसप्ताह नेपालसहित विश्वभरका एक सय ५० भन्दाबढी देशमा मनाउन लागिएको हो । एनसिइ नेपालका अध्यक्ष राजेन्द्र पहाडीले नागरिक क्षेत्रबाट उठाइका शिक्षा क्षेत्रका विभिन्न माग सम्बोधन गराउन कार्यसप्ताहका माध्यमबाट हस्ताक्षर सङ्कलनसहित सरकारलाई ज्ञापनपत्र दिइने बताए ।

उनले शिक्षामा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न, सङ्घीय शिक्षा ऐन छिटो जारी गर्न, शिक्षाका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्दै समतामूलक समाज निर्माण गर्न र भौतिक पूर्वाधार सुधारी प्राविधिक शिक्षामा जोड दिन माग गरेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।