शहीदहरुको स्मरणमा मधेस भवन परिसरमा वृक्षारोपण

Sunday January 19, 2025

पढ्न लाग्ने समय :


मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ । आईतवार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो । माघ ५ गते बलिदानी दिवस मनाइएको थियो । सोही स्मरणमा आज बिहान जनकपुरको मधेस भवन परिसरमा २५ वटा वृक्षारोपण गरेको मन्त्री लेखीले बताउनु भयो । उहाँले शहीदहरुप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बलिदानी दिवसको अवसरमा हामी केही दिन यता विभिन्न कार्यक्रम गर्दै आएका छौँ । आज बिहान मधेस भवन परिसरमा शहीदहरुप्रति सम्मान व्यक्त गर्दै, शहीदहरुको चीर शान्तिको कामना गर्दै मधेस भवन परिसरलाई स्वच्छ,हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरेका छौँ । आज २५ बिरुवा रोपेका छौँ । शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउन व्यापकता र प्रभावकारी बनाउनुपर्छ । सकारात्मक सोचका साथ अघि बढ्ने हो भने समाज रुपान्तरण सम्भव छ ।’

उहाँले शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।