व्यापारीको स्वार्थमा इन्धनको मूल्यबृद्धि
पढ्न लाग्ने समय :
काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चका सचिव जयप्रसाद पौडेलले व्यापारीको स्वार्थमा चल्ने सरकारकै कारण निरन्तर मूल्यवृद्धि भइरहेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै पौडेलले संविधानले उपभोक्ता अधिकारलाई मौलिक हकका रुपमा राखेपनि आम उपभोक्ता निरन्तर मूल्यवृद्धिको मारमा परेका बताए । उनले इन्धनका कारण अन्य बस्तुको मूल्यबृद्धि हुन्छ भन्ने थाहा हुँदा हुँदै सरकार निदाएर बसेको आरोप लगाए । उनले मूल्यबृद्धि गर्नुपर्ने सरकारसँग कुनै तर्क नरहेको बताए ।