वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह

Thursday April 25, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ।

विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खाना तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको हो।

मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ। उडान समयभन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ।

यसरी घण्टौँको यात्रामा पनि श्रमिकले न्यूनतमविभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रअधिकारभित्र रहेर काम गर्न सचेतसमेत गराएको छ। खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए।

‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कौ नै तिर्नुे अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ। यस्तो धेरै गुनासो सुनियो। त्यसैले सबैलाई बोलाएर छलफल गर्यौँ,’ उनले भने, ‘छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेका हौँ।’

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रअधिकारभित्र रहेर काम गर्न सचेतसमेत गराएको छ।


भर्खर

टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको

सप्तरीको चिम्टीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र शौचालय निर्माण गरिने भएको

४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर

ढोरपाटन (बागलुङ) । शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा। हातमा काठ र फलामका