टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

Sunday May 5, 2024

पढ्न लाग्ने समय :


अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ ।

राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अर्को चरणको भारी वर्षाको सम्भावना शनिबार ढिलो (आइतबार)सम्म हुने पोष्ट गरेको छ ।

ह्युस्टनबाट ३० माइल (५० किलोमिटर) उत्तरपूर्वमा रहेको स्प्लेन्डोरा शहर नजिकै गत पाँच दिनमा २१ इञ्च (५३ सेन्टिमिटर) भन्दा बढी पानी परेको मौसम सेवाले जनाएको छ ।

ह्यारिस काउन्टीका न्यायाधीश लिना हिडाल्गोले एक पत्रकार सम्मेलनमा काउन्टीका विभिन्न क्षेत्रबाट झन्डै एक सय ८० जना मानिस र एक सय २२ जना घरपालुवा जनावरको उद्धार गरिएको बताए ।

स्थानीय मिडियाले पोल्क काउन्टीमा एक सय जनाभन्दा बढी र मोन्टगोमेरी काउन्टीमा चार सयभन्दा बढीको उद्धार गरेको बताएका छन् ।

हिडाल्गोले बिहीबार सान ज्याकिन्टो नदीको पूर्वी फोर्कमा रहेको ह्युस्टन क्षेत्रका बस्तीलाई अनिवार्य खाली गर्न आदेश दिनु भएको छ र त्यहाँका बासिन्दालाई सकेसम्म चाँडो आफ्नो घर छोड्न आग्रह गरिएको थियो ।

ह्युस्टन शहरका अधिकारीले शनिबार यस क्षेत्रमा करिब एक हप्तामा करिब चार महिना बराबरको वर्षा भएको जनाएका छन् । तथापि, यहाँ हालसम्म कसैको मृत्यु वा घाइतेको खबर आएको छैन ।


भर्खर

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले

इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो: कतार

दोहा। मध्यस्थकर्ता कतारले मंगलबार इजराइलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको र वार्ता ‘लगभग गतिरोध’

गाजा युद्धपछिको गम्भीर मानवीय सङ्कटको भारतद्वारा निन्दा

गाजामा हमासविरुद्ध इजराइली सैन्य कारबाहीका बीच भारतले जारी  द्वन्द्वमा नागरिकहरूको मृत्युको कडा निन्दा गर्दै यस