वैकल्पिक राजनीतिको मूल विचार र एजेण्डा हामीसँगै छ
पढ्न लाग्ने समय :
काठमाडौं । विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर एकका प्रतिनिधिसभाका उम्मेदवार शंकर बन्जाडेले वैकल्पिक राजनीतिको मूल विचार र एजेण्डा आफूहरुसँग रहेकाले जीत सुनिश्चित रहेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गदै बन्जाडेले विगतमा रवीन्द्र मिश्रलाई नभई पार्टीको एजेण्डालाई मत आएकाले यस पटकको निर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरे । पार्टीभित्र केही व्यक्तिमा वैचारिक विचलन आएपनि आफूहरुको पार्टी कमजोर नभई झन् वलियो बन्दै जाने बताए । उनले यसबाट विचलित नहुन आममतदातालाई आग्रह गरे ।