वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

Thursday May 2, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । वेस्ट इन्डिज ‘ए’ ले ५ खेलको शृंखला जितेको छ । आज भएको चौथो खेलमा नेपाललाई हराउँदै वेष्ट इन्डिजले सिरिज ३-१ ले आफ्नो पक्षमा पार्दै उपाधि कब्जा जमाएको हो ।

आज भएको चौथो खेलमा नेपाल रनले पराजित भयो । वेष्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल २८ रनले पराजित भयो ।

२१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा अलआउट हुँदै १८१ रनमा सीमित भयो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ८२ रन जोडेका थिए । रोहितले यसअघि पहिलो खेलमा शतक (११२ रन) र दोस्रो खेलमा ७१ रन प्रहार गरेका गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।