वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई

Monday April 29, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

लुम्बिनीले दिएको एक सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो। कर्णालीका लागि विपिन शाहीले सर्वाधिक २८ रनको योगदान दिए भने विपिन रावतले २३ रन बनाए। त्यस्तै दीपेन्द्र रावतले अविजित १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले पाँच विकेट लिए भने नर सार्कीले दुई तथा देव खनाल र निर्मल गुरुङले समान एक/एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १६ रनको योगफल बनाएको थियो। लुम्बिनीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिए। उनले ३० बल खेल्ने क्रममा ३ चौका प्रहार गरे। यस्तै विराट भण्डारीले २३ बलमा २६ रन जोडे भने कृष्ण कार्कीले २२ रन बनाए। कर्णालीका लागि युनिस ठकुरीले तीन विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले समान दुई/दुई विकेट लिए । त्यस्तै प्रकाश जैशीले एक विकेट झारे।

यसअघि भएका लिग चरणको खेलमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान आठ/आठ अंक जोडेका थिए। नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।