वीर गणेशमान सिंह राष्ट्रिय ‘टि ट्वान्टी’ क्रिकेट प्रतियोगिता सुरु

Tuesday April 16, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं लौहपुरुष गणेशमान सिंहको स्मृतिमा आयोजित वीर गणेशमान सिंह राष्ट्रिय ‘टि ट्वान्टी’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । नागार्जुन नगरपालिका खेलकुद समितिको सहयोगमा वीर गणेशमान सिंह फाउन्डेशनले आयोजना गरेको उक्त प्रतियोगिता आजदेखि सुरु भएको हो ।

मूलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको उक्त प्रतियोगिताको कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरे । कार्यक्रममा पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकका लागि नयाँ क्रिकेट खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताए । “नेपालले पछिल्लो समय क्रिकेट प्रतियोगितामा ठूलो फड्को मारेको छ, नयाँ खेलाडीका लागि यो प्रतियोगिता अवसर पनि हो”, उनले भने ।

नेता सिंहले लोकतान्त्रिक मूल्यमान्यता स्थापनाका लागि जीवन कुरर्वानी गर्नुभएका नेताको सम्झनामा प्रतियोगिता गरेकामा आयोजकलाई धन्यवाद दिए ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले क्रिकेट प्रेमीका लागि उक्त खेलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । गणेशमान सिंहको आदर्श र सिद्धान्त पालना गरेर खेल क्षेत्रलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । उनले नागार्जुन नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि काम गरिरहेको बताए ।

यही वैशाख १६ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशका खेलाडीको सहभागिता रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।