विस्थापन प्यालेस्टिनी मुद्दालाई समाप्त पार्ने योजना होः अरब संसदका सभामुख

Monday February 24, 2025

पढ्न लाग्ने समय :


अरब संसदका सभामुख मोहम्मद अल–यामाहीले प्यालेस्टाइनीहरुको विस्थापन प्यालेस्टिनी मुद्दालाई समाप्त पार्ने योजना रहेको बताउनुभएको छ । अरब संसद र परिषद्का प्रमुखहरूले अर्को महिना इजिप्टमा हुने आपतकालीन अरब शिखर सम्मेलनमा पेश गरिने संसदीय दस्तावेज स्वीकार गर्दै उहाँले यस्तो बताउनुभएको हो । दस्तावेजले विस्थापन र विलय योजनालाई अस्वीकार गर्दै प्यालेस्टिनी जनताको आफ्नो भूमिमा रहने दृढ संकल्पको समर्थन गरेको छ ।

अरब संसद र परिषद्का अध्यक्षहरूको लागि ७ औं अरब संसद सम्मेलन अघि अल–यामाहीले दिएको भाषणमा यो घोषणा आएको हो । सम्मेलनले अरब जनताको हितको सेवामा अरब संसदीय कुटनीतिको भुमिका बढाउने लक्ष्य राखेको छ । अल–यामाहीले गाजा पट्टीको पुनर्निर्माणको लागि इजिप्टको प्रयासलाई अरब संसदको पूर्ण समर्थन रहेको बताउनु भयो । जसले प्यालेस्टिनी जनताको आफ्नो भूमिमा शान्तिपूर्वक बस्न पाउने दृढ अधिकारको ग्यारेन्टी गर्ने बताउनु भयो । सत्र अरब संसद र अरब संसदीय संघ बीचको सहयोग सम्झौतामा हस्ताक्षरसँगै समाप्त भएको छ । यो कदम क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा संयुक्त अरब कार्य र समन्वयलाई सुदृढ पार्ने उद्देश्यले गरिएको थियो । सम्झौताले अरब जगतले सामना गरिरहेका प्रमुख चुनौतीहरूको बीचमा तिब्र आधिकारिक सहयोग प्रयासहरूलाई प्रतिविम्वित गरेको छ ।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले