विश्वकपमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी बने दीपेन्द्र

Sunday February 15, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : विश्वकप क्रिकेटमा नेपालका लागि सबैभन्दा रन बनाउने खेलाडी बनेका छन्। दीपेन्द्रले रोहित पौडेलको १०३ रनलाई उछिनेका हुन् । दीपेन्द्रले आइतवार वेस्ट इन्डिजविरुद्ध ५८ रन बनाए।

उनले दुई वटा विश्वकपमा गरी १५१ रन बनाएका छन्। ४७ बल सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रले सन् २०२४ को ट्वान्टी–२० विश्वकपको समूह चरणमा बंगलादेशविरुद्ध २५, दक्षिण अफ्रिकाविरुद्ध ६ र नेदरल्यान्ड्सविरुद्ध १ रन बनाएका थिए।

जारी विश्वकपमा भने दीपेन्द्रले इंग्ल्यान्डविरुद्ध सानदार ब्याटिङ गरेका थिए। उनले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाएका थिए। त्यस्तै इटालीविरुद्ध उनले १७ रन बनाएका थिए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।