विपिन जोशीको परिवारलाई १० लाख

Friday April 24, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ उनले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै भने ।
सरकारले यसअघि मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्दै आएको थियो । आज भने सरकारले हालसम्मका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।


भर्खर

मुद्दा फर्छ्यौटमा देशमै उत्कृष्ट बनेका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिदाइ

कञ्चनपुर जिल्ला अदालतमा कार्यरत रहँदा मुद्दा फर्छ्यौटमा देशभरकै उत्कृष्ट प्रदर्शन गरेका तत्कालीन जिल्ला न्यायाधीश राजेन्द्रसिंह

देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्न सक्ने

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल

भारतबाट साइकलमा युरिया मल ल्याउँदै गरेका तीन नेपाली महिला भारतमै नियन्त्रणमा

भारतबाट नेपालतर्फ साइकलमा युरिया मल ल्याइरहेका तीन जना नेपाली महिलालाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)