भारतबाट साइकलमा युरिया मल ल्याउँदै गरेका तीन नेपाली महिला भारतमै नियन्त्रणमा

Friday August 7, 2026

पढ्न लाग्ने समय :


भारतबाट नेपालतर्फ साइकलमा युरिया मल ल्याइरहेका तीन जना नेपाली महिलालाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई उत्तर प्रदेशको सम्पूर्णनगर (खीरी) क्षेत्रमा साइकलमा युरिया मल ल्याइरहेको अवस्थामा एसएसबीले मल र साइकलसहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका तीनै महिलालाई आवश्यक कानुनी कारबाहीका लागि पलिया भन्सार विभागमा बुझाइएको जनाइएको छ।

घटनामा संलग्न महिलाहरूको परिचय भने भारतीय अधिकारीहरूले सार्वजनिक गरेका छैनन्। घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ।


भर्खर

इरानी सर्वोच्च नेता मोज्तबा खामेनी अस्पताल भर्ना भएको इजरायली सञ्चारमाध्यमको दाबी

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल भर्ना गरिएको इजरायली सञ्चारमाध्यमहरूले

मनसुन सक्रिय : कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून

कञ्चनपुरमा १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, चकमेली बजार नजिकै हुलाकी सडकखण्डबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो