विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँः मन्त्री खड्का

Sunday October 6, 2024

पढ्न लाग्ने समय :


ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताउनुभएको छ । आईतवार मन्त्रालयमा मन्त्री र सचिवका बीचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताउनुभएको हो । उहाँले अन्य छिमेकी राष्ट्रहरुले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरुप आग्रह गर्नुपर्ने बताउनु भयो । उहाँले चीनले विद्युत किन्ने कुरामा आफू आशावादी रहेको बताउनु भयो । उहाँले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताउनु भयो । मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानीपनि अन्तत्ः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जलविद्युतमा व्यक्ति, संस्था, नीजि संस्थाहरु जजसले लगानी गरेपनि २५÷३५ वर्ष पछाडी मुलुकको हुने हो । ६४ खर्ब २८ हजार मेघावाट विद्युत उत्पादन गर्नलाई लगानी गर्दैछौँ भनेर जुन फिगर भनिएको छ, त्यो पूर्ण रुपमा नेपाल सरकारको हुने हो । अहिले हामीलाई १० खर्बको चालु खर्च र ५÷७ खर्ब जुटाउन हम्मेहम्मे छ । ऋण छ । विद्युत उत्पादनका लागि सरकारको सम्पती हो यो । भोलि सबै नेपाली धनी हुने हो र प्रतिव्यक्ति आय बढाउने हो भनेर तल्लो तहको मान्छेसम्म बुझाउने दायित्व पनि हाम्रै हो । बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएको छ । हामीले चीनसँग पनि कुरा गरिराखेका छौँ । सबै छिमेकीहरुले किन्छन्, उहाँहरु आफैँले पनि उत्पादन गर्नुहुन्छ, फेरि पनि किन्नुहुन्छ । तपाईंहरुले थोरै किन्दा हामीलाई राहत हुन्छ भने तपाईंहरुले किन नकिन्दिने भनेर उहाँहरुसँग आग्रह गर्दा नहोला जस्तो मलाई लाग्दैन । म आशावादी प्रकारको मान्छे पनि हो । आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नुपर्ने छ ।’

उहाँले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनि हुनेगरी मोडालिटी बनाउनुपर्ने बताउनु भयो । पैसा नहुनेहरुले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उहाँको जोड छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।