विद्यालयले किताब र पोसाक बेच्नु दण्डनीय : मेयर बालेन

Sunday April 9, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयले अभिभावकलाई किताब बेच्ने गरेको र पोसाकसमेत उनीहरूले तोकेकै स्थानबाट किन्न बाध्य गराएको गुनासो आएको भन्दै त्यस्तो गतिविधि नगर्न आग्रह गरेको छ ।

महानगरले संस्थागत विद्यालयलाई परिपत्र गर्दै त्यसो गर्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ बमोजिम दण्डनीय भएको स्मरण गराएको छ ।

परिपत्रमा भनिएको छ, ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।’


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।