विद्यालयमा संसद् अभ्यास

Friday December 15, 2023

पढ्न लाग्ने समय :


तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमूना संसद्मा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भने, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमूना संसद्मा शिक्षामन्त्री बनेका शङ्कर थापाले दिए ।

एलिसाजस्तै प्रतिपक्षी सांसदहरूले विधेयकमाथि टिप्पणी गर्दै विभिन्न मन्त्रीहरूलाई प्रश्न पनि सोधे । केही सांसदहरूले संसद् चलिरहँदा नियमापत्ति पनि जनाए ।

विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीले नमूना संसद्को अभ्यास गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञानमात्रै नभई प्रयोगात्मक ज्ञानमा जोड्न यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विष्णुकुमार देवकोटाले बताए ।

‘नयाँ युवा, नयाँ सोच’ संस्थाको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा सत्तापक्ष, प्रतिपक्ष, सभामुख, उपसभामुख, प्रधानमन्त्रीसहित संसद्मा हुने सबै अङ्ग बनाएर कार्यक्रम गरिएको हो । संसदीय प्रणालीका विषयमा पनि कानुनका विद्यार्थी जानकार हुनुपर्ने भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल देवकोटाले बताए।

कानुनका विद्यार्थी अनुसन्धानमुखी, स्पष्ट वक्ता हुनुपर्ने भन्दै त्यसका लागि बोल्ने अभ्यास विकास गर्न पनि सो कार्यक्रम आयोजना गरिएको उनले बताए । विद्यार्थीले प्रत्येक शब्द–शब्दलाई विश्लेषण गर्न सक्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। “कानुनका विद्यार्थीमा शब्दसँग खेल्न सक्ने क्षमता हुनुपर्छ”, उनले भने, “त्यसका लागि यस्ता अभ्यास नियमित हुनुपर्छ ।” जति अभ्यास धेरै भयो, त्यति नै विद्यार्थी पोख्त हुने उनको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।