विद्यालयमा विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो अभियान

Monday April 17, 2023

पढ्न लाग्ने समय :


बझाङ । बझाङको थलारा गाउँपालिका–८ विसखेतमा रहेको कालिका आधारभूत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आजदेखि थलारा–८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो ।

विद्यालयका प्रधानाध्यापक गगन शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित शिक्षिक–शिक्षिका अभिभावकको घरदैलोमा पुग्ने गरेको बताए । उक्त विद्यालयमा कक्षा ५ सम्म सञ्चालन भएको छ ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क शिक्षा’, ‘हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ’, ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ लगायतका रचनात्मक प्लेकार्ड हातमा बोकेर विद्यार्थी र शिक्षकहरूले विद्यार्थीलाई समयमै विद्यालय भर्ना गराउनका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् ।

प्रधानाध्यापक शाहीले भने, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ । विद्यार्थीहरू न्यून भर्ना भएपछि हामीले उक्त घरदैलो अभियान चलाएका हौँ । सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भनेर अविभावकहरूलाई बुझाउन पनि अभियानले भूमिका खेलेको छ ।”

विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा भए पनि न्यून सङ्ख्यामा विद्यार्थी भर्ना हुँदा उक्त अभियान सञ्चालन गर्नुपरेको प्रधानाध्यापक शाहीले बताए । उनीलगायत विद्यालयको टोली टोल–टोलमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराए पनि विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।