विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्क भन्दाबढी लिए कारबाही गर्ने महानगरको चेतावनी

Thursday April 18, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको एक महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । बिहीबार महानगरलेसूचना जारी गरी संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको हो ।

महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले विद्यार्थी भर्नालगायतका शुल्क नलिन आग्रह गरेको हो । महानगरले अनुगमनको क्रममा ऐन, कानुन, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्कलगायतका अन्य शुल्क लिइएको पाइएमा कारबाही गरिने उल्लेख गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।