विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

Saturday September 16, 2023

पढ्न लाग्ने समय :


बैतडी । विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए ।

उनका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने गरेको छ । बिहानको समयमा लाइनमा लागेका बेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेका प्रधानाध्यापक कलौनीले जानकारी दिए । सुरुमा एक छात्रालाई यो समस्या देखिए लगत्तै अरु छात्रामा पनि देखिएको उनले बताए । ‘विद्यालय समयमा दैनिक चार-पाँच छात्रामा यस्तो समस्या देखिने गरेको छ । १२ देखि १७ उमेर समूहका छात्रामा यो समस्या बढी छ’, कलौनीले भने, ‘विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन पनि प्रभावित हुने गरेको छ ।’

छात्रामा देखिएको यस्तो समस्या ‘मास हिस्टेरिया’ रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ‘यो सामान्य खालको बिरामीको लक्षण हो । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा बेहोस हुने क्रम सर्ने गर्दछ’, उनले भने, ‘मनोपरामर्शलाई जोड दिने, सान्त्वना दिने, मनोबल बढाउने खालका कुरा गर्ने, सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिनेलगायत क्रियाकलापमा सहभागी गराउनुपर्छ । विस्तारै समस्या कम भएर जान्छ ।’ यसअघि बैतडीको पञ्चेश्वर र सिँगास गाउँपालिकाका विद्यालयमा पनि विद्यार्थी बेहोस हुने समस्या देखा परेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।