विज्ञान प्रदर्शनी : सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम

Saturday June 17, 2023

पढ्न लाग्ने समय :


पोखरा । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय विज्ञान महोत्सवमा सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवमा पोखराकै सिर्जना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भएका छन् । जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमूना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखराले सान्त्वना प्राप्त गरेका छन् ।

विजेतालाई पुरस्कार प्रदान गर्दै गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री सुशीला सिंखडाले विज्ञान महोत्सवले शैक्षिक गुणस्तरीयतामा प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरिन्। गण्डकी प्रदेशका लागि महोत्सव नौलो भएको बताउँदै उनले निरन्तरताको आवश्यकतालाई औँल्याइन् ।

कार्यक्रममा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको थियो । विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो । स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत रहेका छन् ।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीले बनाएका ‘प्रोजेक्ट’को ५० प्रदर्शनी राखिएका थिए । तीमध्ये २६ विद्यालयका ४० प्रोजेक्ट र अन्य अप्रतियोगी रहेको आयोजकले जनाएको छ । पोखरामा पहिलोपल्ट आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका थिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।