विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्छौँः अध्यक्ष दाहाल

Thursday February 6, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरु पुनः खोल्ने बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले जनताको शक्ति लिएर अपराधका फाइलहरु पुनः खोल्ने बताउनुभएको हो । उहाँले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि शुरु गर्ने बताउनु भयो । उहाँले विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गर्नुभयो । उहाँले अहिलेको सरकारसँग जना खुशी नभएपनि विचौलिया र स्वार्थ समूहहरु खुशी रहेको बताउनु भयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले जनता सरकारसँग दुःखी भए पनि विचौलिया र स्वार्थ समूहहरु खुशी छन् । तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरुले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरु फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल । फेरि शुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिको गठजोड ।’
उहाँले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुने कुरा स्वार्थ समूहले बुझ्न जरुरी रहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।