विकास निर्माणका काम कुनैपनि बहानामा रोक्न मिल्दैनः सांसद खतिवडा

Thursday February 27, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ ।  बिहीवार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरुबीच भएको छलफलपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकास निर्माणका काम कुनैपनि बहानामा कसैले रोक्न नमिल्ने बताउनु भयो । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निस्कर्ष निकाल्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विकास निर्माणका कामहरु अवरुद्ध गर्न मिल्दैन जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका मागहरु के के छन् स्थानीय लेभलमा सम्बोधन हुनुप¥यो । स्थानीय लेभलका मान्छेलाई बाहिरका मान्छेले उचालेर स्थानीय भन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ चाहे जोसुकै होस् । तर यस्को मतलव सरकारले जबरजस्ती पेलेर जाने नीतिमा जानु हुँदैन । समस्याको समाधान भनेको वार्ता नै हो । स्थानीय तहका जनप्रतिनिधिहरु सबैसँग छलफल गरेर एउटा निस्कर्षमा पुग्नु पर्दछ ।’

सांसद खतिवडाले केबुलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभइ बाहिरका व्यक्तिहरुले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाउनु भयो । सबै पार्टीका नेताहरुलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निस्कर्षमा पुग्ने उहाँको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।