वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत

Wednesday February 19, 2025

पढ्न लाग्ने समय :


प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताउनुभएको छ ।  बुधवार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले  ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गर्नुभयो । उहाँले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यदी वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ । ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन् । यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ ।’

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानूनको पालना गराउने र कानूनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरु कमजोर बन्दै गएको बताउनु भयो । अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिवद्धता पनि कमजोर रहेको उहाँको जिकिर छ । यस्तो खालि अवस्थालाई वदनियत राख्नेहरुले प्रयोग गर्नसक्ने खतरा रहेको उहाँको भनाइ छ ।  कानूनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उहाँले जग बलियो कसरि बनाउने भन्ने विषय इतिहाँसबाट सिक्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जतिखेर ठूलोठूलो लिगल सिस्टमलाई स्प्रेडओभर गर्ने संस्थाहरु कमजोर हुन्छन् । जस्तो कमन ल सिस्टम । मैले कमजोर भनेको छैन तर त्यसपछिको पोल्टिकल वा इम्पेरियल ब्याकिङ कमजोर हुन्छ, त्यसपछाडि मान्छेहरु आफ्नो सिस्टम खोज्न थाल्छन् । एउटा भ्याकुमक्रिएट हुन्छ । मैले त्यस्तो अवस्था आयो त भनेको होइन । तर त्यसको फाउण्डेशन बनाइराख्नुपर्छ । हाम्रो लिगल सिस्टमको फाउण्डेशन बनाइराख्नुपर्छ । त्यो भनेको हाम्रो इतिहासको अभिलेखबाट सम्भव हुन्छ ।’

नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले ढिलो भएपनि इतिहासको अभिलेख गर्ने काम शुरु हुनु खुशीको कुरा भएको बताए । न्याय सम्पादन गरिएका कुराहरु पहिला जस्तो राम्रोसँग लेख्ने प्रचलन (लेखन शैली) बिग्रिएको उनीहरुको गुनासो छ । जुन राष्ट्र र जातिले आफ्नो इतिहास बिर्सिन्छ उसको उन्नति प्रगति नहुने बताए । इतिहासलाई जोडेर मात्रै देश विकास सम्भव रहेको बताए । –


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।