वरियतामा दीपेन्द्र र सन्दीपको छलाङ

Wednesday May 6, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी एक दिवसीय वरियताको अलराउन्डरमा १२ स्थान माथि उक्लिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा ऐरी ओडीआई वरियतामा १२ स्थान सुधार गर्दै ३१औँ स्थानमा पुगेका हुन्। उनले १४८ रेटिङ पाएका छन्।

राष्ट्रिय टोलीकै सन्दीप लामिछाने सात स्थान सुधार गर्दै ७१औँ स्थानमा पुगेका छन्। करण केसी १० र ललित राजवंशी तीन स्थान तल झरेका छन्। करण ८१औँ र ललित ८५औँ स्थानमा छन्।

सोमपाल कामी भने एक सयौँ स्थानमा यथावत छन्। ओडीआईको अलराउन्डर वरियतामा अफगानिस्तानका अज्मतुल्लाह ओमारजाइ शीर्ष र जिम्बाबेका शिकन्दर राजा दोस्रो स्थानमा यथावत छन्।

एक दिवसीय वरियताको बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछानेले १५ स्थान सुधार गरेका छन्। १५ स्थान सुधार गरेका सन्दीप ४३औँ स्थानमा उक्लेका छन्। ललित राजवंशी भने चार स्थान तल झर्दै ६५औँ स्थानमा छन्।

बलिङतर्फ दीपेन्द्रसिंह ऐरी भने ८३औँ स्थानमा यथावत छन्। करण केसी पाँच स्थान तल झर्दै वरियताको ९०औँ स्थानमा छन्।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका