लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छः विमलेन्द्र निधी

Saturday January 4, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बतउनु भयो । उहाँले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य रामसरोज यादव सहितका नेताहरूको सहभागिता रहेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।