लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारबारे सरकार सचेत छ: गृहमन्त्री लामिछाने

Friday May 10, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत रहेको बताएका छन्।

लैङ्गिक अल्पसंख्यक समुदायले नागरिकता लिन झेल्नुपरेको समस्याबारेको छलफलमा आज गृहमन्त्री लामिछानेले नागरिकता कार्याविधिमा छलफल गर्ने तयारी भइरहेकाले छलफलमा सक्रिय सहभागिता जनाइ आफ्ना गुनासा राख्न आग्रह गरे। गृहमन्त्री लामिछानेले भने, ‘हरेक व्यक्तिले आफ्नो अधिकार निर्वाध प्रयोग गर्न पाउनुपर्छ भन्नेमा सचेत छु। सरकार पनि सचेत छ । जुन समाजमा लैङ्गिक अल्पसंख्यकको सम्मान हुँदैन त्यो समाज बस्नयोग्य हुँदैन। त्यसैले अरुको जति अधिकार छ तपाईंहरुको पनि त्यति नै छ।’

त्यसक्रममा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूले स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरूले सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी) मा लैङ्गिक तथा यौनिक अल्पसंख्यकले पनि सहभागिता जनाउन पाउने व्यवस्था गर्न पनि माग गरेका छन्।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका