लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

Monday April 15, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आ-आफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायम रहेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १-० ले पराजित भयो भने आर्सनल एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित भएको थियो ।

यो हारले लिभरपुल र आर्सनललाई ठुलो धक्का लागेको छ । यस सिजनको लिग अन्तिम चरणमा रहेको र तीन क्लबबीच उपाधि जितमा प्रतिष्पर्धा रहेको बेला यो हारले म्यानचेस्टर सिटीको उपाधि जित्ने सम्भावना बढेर गएको छ ।

३२ खेलपछि म्यानचेस्टर सिटीको ७३ अंक रहेको छ भने आर्सनलको ७१ अंक रहेको छ । त्यस्तै ७१ अंक नै रहेको लिभरपुलको भने गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।