लागू औषध सहित पाँच जना पक्राउ

Saturday August 30, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ १४ गते ।

कैलालीका विभिन्न स्थानबाट लागू औषध सहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले साढे पाँच किलो चरेश र करिब पाँच ग्राम ब्राउन सुगर बरामद समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शुक्रबार धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट डोटीको शिखर नगरपालिका–८ घर भई हाल गोदावरी नगरपालिका– १ बस्ने ३५ वर्षीय वीरबहादुर रावललाई दुई दशमलव ७६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । प्रहरीले वीरबहादुरले चलाएको सुपप्र ०४–००१ प ०६६५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।

शुक्रबार कैलालीको चुरे गाउँपालिका–३ का मोहन मल्ललाई मोबाईलको खोलभित्र लुकाएको ५९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट बझाङको बुंगल नगरपालिका–८ घर भई हाल धनगढी–२ मा होटल सञ्चालन गर्दै आएका ३२ वर्षीय राम बोहरालाई ५ किलो ६९० ग्राम चरेश सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शुक्रबार नै धनगढी–१२ जुगेडाबाट २३ वर्षीय विजय विक र प्रदीप रानालाई ७४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । प्रहरीले उनीहरुले चलाएको सुपप्र ०१–०१३ प २३४५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।