लहडमा नीति बनाउनु हुँदैनः अध्यक्ष ढकाल

Monday October 7, 2024

पढ्न लाग्ने समय :


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरु बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताउनु भयो । उहाँले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरु लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने बताउनुभ यो । उहाँले अनुगमनको हिसावले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कतिपय चिजहरु नयाँ पोलिसीहरु बनाउने क्रममा कतिपय चिजमा नियम, कानूनहरु परिवर्तन गर्नुपर्छ । तर त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरु लहडमा भएका छन् । राजश्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो । के हिसावले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो । यस्तो किसिमको चिजहरु बनाउँदा हामीले लहडमा बनाउने, लहडमा बन्द गर्ने हुनुहुँदैन । हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनु पर्छ । कतिपय चिजहरु अनुगमनको हिसावले मात्र राजश्व बढ्छ भन्ने हुँदैन ।’

अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । स्थिर नीति हुँदा व्यवसायहरु पनिफस्टाउने बताउनु भयो । उहाँले नेपालमा स्थिर नीति छ भन्ने विश्वास दिनसके छोटो समयमा नेपालको उद्योग क्षेत्र फस्टाउने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।