ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन

Thursday January 16, 2025

पढ्न लाग्ने समय :


ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद्  जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनःनिर्माण सम्पन्न भइसकेको बताउनु भयो ।

उहाँले वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताउनु भयो । ललितपुर महानगरभित्र खुला ठाउँ नभएको कारण केही समस्या भइरहेको उहाँले बताउनु भयो । स्मार्ट सिटी बनाउनका लागि कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाएँ रहेको बताउनु भयो । उहाँले पहिले नै नेपाल आर्मी लगायतले खालि ठाउँ लगिसकेको कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो दास्रो कार्यकालसहित मेयर भएको साढे सात वर्ष भयो । यो समयमा हामीले धेरै वटा पोखरीहरु पुनर्निर्माण ग¥यौं । तिमध्ये सबैभन्दा ठूलो परियोजना लगनखेलको पोखरी हो । जुन हालसालै पुनर्निर्माण भएको छ । हामी सानो छँदाखेरि त्यहाँ खेल मैदान जस्तै थियो । पहिला त्यो ठाउँका पोखरी र फुटबल मैदानहरु आर्मीले लिएको थियो । अहिले हामी ललितपुर महानगरलाई स्माट सिटी बनाउने योजनामा छौं । तर स्मार्ट सिटी बनाउनका निमित्त कम्तिमा पनि १० प्रतिशत ठूला ठाउँको आवश्यकता छ । तर हामीसँग तीन प्रतिशत मात्र ओपन स्पेस छ । ओपन स्पेस नभएकै कारण अहिले मर्निङ वाक र इभनिङ वाक गर्न पाइँदैन । मैले मेयर भएपछि कसैपनि माइकालाललाई एक आना जमिन पनि नदिने नीति लिएको छु । पहिले नै सबै लिसक्यो अहिले मसँग तीन प्रतिशत मात्र जग्गा बाँकी छ । म यो चाहीँ घटाउन चाहन्न ।’

उहाँले महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताउनु भयो ।


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।