ललितपुर महानगरपालिकाद्वारा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ

Sunday January 26, 2025

पढ्न लाग्ने समय :


ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । आईतवार महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरिएको कार्यक्रमको सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना शुरु गरिएको महानगरको भनाइ छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख महर्जनले हालैमात्र महानगरपालिकाले इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरेको बताउनु भयो । केही कठिन काम भएपनि कार्यान्वयन शुरु गरेको र अब ३६५ दिन नै अनवरत रुपमा कहिल्यै ननिभ्ने गरी सञ्चालन हुने बताउनु भयो । शुरुमा केही शंका लागेको भएपनि धेरै राम्रो काम गरिरहेको पाएको बताउनु भयो । नियम भंग गर्ने सवारी साधन चलकहरुलाई कारबाही गर्ने बताउनु भयो । अर्को वर्ष पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म र जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना—भैंसेपाटी हुँदै बुङमतीसम्म इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चलनमा ल्याउने बताउनु भयो ।

प्रमुख महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिरहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।