रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी

Saturday May 11, 2024

पढ्न लाग्ने समय :


धरान । धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन् । उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आएका छन्।

विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रुद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेको बताए । विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ ।

उनले विगत छ वर्षदेखि पिण्डेश्वरी मन्दिरको अगाडि रुद्राक्षको व्यापार गर्दै आएका छन्। अहिले उनका लागि यो ठाउँ रुद्राक्षको व्यापार गर्ने थलो नै बनेको छ । रुद्राक्ष धनकुटालगायत पहाडी भेगहरुबाट खरिद गरेर ल्याई माला, झोलार ढाकीलगायत सामग्री बनाएर बिक्री गर्दै आएको विश्वकर्माले बताए । रुद्राक्षको व्यापारबाट मासिक ३० देखि ४० हजारसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए ।

आफूले रद्राक्षबाट बनाएका सामान धरानमा मात्र नभई झापा, काठमाडौँ, काँकडभिट्टा र विशेष गरी विदेशी पर्यटक झोला धेरै मन पराएर लैजाने गरेको विश्वकर्माले बताए। माग अनुसार नै कतिपय सामान बनाउने गरेको उनको भनाइ छ ।

‘रुद्राक्ष विशेषगरी हरियो केशरलामा–लामा हाँगाहरुमा सेता फूल हुने स्याउले एक सुरिलो ठूलो जातका रुखमा ओखर जस्तै फल्ने गर्छ । यो विशेषगरी २७ मुखीसम्म हुन्छ भन्ने छ तर खोजअनुसार संसारभरि अहिले ३८ मुखीसम्म रुद्राक्ष पाइएको सुनेको छु’, विश्वकर्माले भने, ‘सामान्यत एकदेखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छ । एकमुखी र नौ मुखीदेखि १४ मुखीसम्मको रुद्राक्ष निकै दुर्लभ मानिन्छ ।’

धार्मिकरूपमा महादेवको प्रिय वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा रहँदै आएको छ । रुद्राक्षलाई पहाडी भेगका गाउँघरमा (दाना) भनेर चिनिन्छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।