राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

Tuesday June 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

अर्याललाई मंगलबार नियन्त्रणमा लिएको स्रोतले पुष्टि गरेको छ। पासपोर्टको आपूर्तिको विषयमा उनलाई नियन्त्रणमा लिएर बयान लिन सुरु गरिएको हो। ‘सोधपुछको काम भइरहेको छ,’ स्रोतले भन्यो, ‘अख्तियारले हिजो साँझ आएर कागजात लिएर गएको थियो।’

महानिर्देशक अर्याल सोमवार प्रधानमन्त्री कार्यालय पनि गएका थिए। प्रधानमन्त्रीलाई भेट्न भन्दै उनी प्रधानमन्त्री कार्यालय गएका थिए। त्यस्तै प्रिन्टिङ कम्पनी भेरिडियसका संचालक सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति हुन्।


भर्खर

धनगढीमा भूमिगत पानी सुक्यो, दमकलमार्फत खानेपानी वितरण गरिदै

धनगढी :  कैलालीको धनगढीमा भूमिगत पानी सुकेको छ। धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार क्षेत्रका नलका तथा

कैलालीमा पानी नपरेपछि रोपो सुक्न थाल्यो

धनगढी : कैलालीका किसानको खेतमा रोपो सुक्न थालेको छ । असारमा पनि पानी नपरेपछि रोपाइँ भएको

चीनको ताक्लाकोटलाई जोड्ने दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुल्यो

दार्चुला : चीनको ताक्लाकोटलाई जोड्ने सीमानाका रूपमा रहेको दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुलेको छ । दार्चुलाको