रास्वपा बझाङको सभापतिमा पुनः उपाध्याय

Monday June 8, 2026

पढ्न लाग्ने समय :


बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले सभापतिमा सत्यराज उपाध्यायलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

उपसभापति पदका लागि भएको निर्वाचनमा राम बहादुर देवार ९९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अरुण कुमार रोकायाले ८८ मत प्राप्त गरेका थिए। उपसभापति पदमा अत्यन्तै प्रतिस्पर्धात्मक मतपरिणाम आएको थियो ।

त्यसैगरी सचिव पदका लागि भएको निर्वाचनमा अशोक मल्ल ११६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गरेका थिए । यस्तै, सहसचिवमा मुकेश ऐडी , कोषाध्यक्षमा आरती भाट जप्रेल ९अनिता० निर्वाचित भए ।

अधिवेशनले सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षसहित १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको जनाएको छ ।

यसअघि जिल्लाका १० वटा पालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको रास्वपाले जिल्ला अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्वको टुङ्गो लगाएको हो ।

नयाँ नेतृत्वले संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा पार्टीको गतिविधिलाई जिल्लाभर थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


भर्खर

आज साउन १५ : खीर खाने दिन

आज साउन १५ गते देशभर परम्पराअनुसार खीर खाएर मनाइँदै छ। वर्षायाममा पर्ने साउन १५ मा

विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा

मधेसमा फैलिएको तनावप्रति गगन थापाको चिन्ता, स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्जबाट सुरु भएको हिंसात्मक घटनापछि पर्सा, धनुषा, सिरहालगायत मधेसका