रास्वपा कैलालीकाे प्रथम अधिवेशनमा सभापतिका दुई उम्मेदवारद्वारा बहिस्कार

Sunday June 7, 2026

पढ्न लाग्ने समय :


हिमाल जाेशी :  शनिवार धनगढीमा सुरु भएकाे राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीकाे प्रथम अधिवेशनकाे निर्वाचन प्रकृया सभापतिका दुई उम्मेदवारले बहिष्कार गरेका छन ।

शनिवार दिउसाे धनगढीकाे ओमप्यालेसमा जारी अधिवेशनका क्रममा मतदाता नामावलीमा धाँदली गरेकाे र निर्वाचन समिति नै अवैध भएकाे भन्दै सभापतिका उम्मेदेवार हरी रेग्मी र महेश चाैधरीले बहिस्कार गरेका हुन । सभापतिमा रेग्मी, चाैधरी सँगै अर्का कबिन्द्र ठकुल्ला उा्मेद्वार रहेका थिए ।

दुबै जना सभापतिका उम्मेद्वारले मतदाता नामावली सच्याउनु पर्ने र निर्वाचन समिति बैधानीक तरिकाले गठन गर्नुपर्ने अन्यथा प्रकृयामा सहभागी नहुने जनाएका छन । अधिवेशन जारी रहेपनि सभापतिका उम्मेद्वार रेग्मी र चाैधरी भने बहिस्कार गरेर अधिवेशन स्थलबाट बाहिरिएका छन ।

अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य लक्ष्मण थारु प्रमुख अतिथि रहेका थिए । अधिवेशन उद्घाटन समाराेहमा कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कमल ज्ञवाली, क्षेत्र नं. २ का सांसद किरणपी (केपी) खनाल, क्षेत्र नं. ३ का सांसद जगतप्रसाद जोशी, क्षेत्र नं. ४ का सांसद खेमराज कोइराला, क्षेत्र नं. ५ का सांसद डा. आनन्दकुमार चन्द तथा सांसद करिश्मा कठरियाको उपस्थिति रहेकाे थियाे ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।