रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


काठमाडौंः निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।
बैँक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगले बताएको छ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।

निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर –१ का रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज खारेजपछि अब मतपत्रमा घण्टी चिह्नमा छाप लगाइएको मत के हुन्छ ? यो प्रश्न धेरैतिरबाट उठेको छ।

मतपत्र छापिएर गइसकेकाले धनुषा–१ को प्रत्यक्षतर्फको मतपत्रमा घण्टी चिह्न कायमै रहने आयोगले जनाएको छ। तर उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नभएको चिह्नमा खसेको मत गणना नहुने आयोगको भनाइ छ।

उम्मेदवारी खारेज भएको चिह्नमा खसेको मत बदर मानेर गणना नै नहुने आयोगको ऐनमै छ। रास्वपाको उम्मेदवारी नै नरहेको अवस्थामा धनुषा–१ मा बाँकी उम्मेदवारको मात्र मत गणना हुने आयोगले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।