राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी नगर समितिले दियो सामूहिक राजीनामा

Tuesday May 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोदावरी नगर समितिले सामूहिक राजीनामा दिएको छ । मंगलबार नगर समितिको बैठकबाट निर्णय गरेर सामूहिक राजीनामा दिने निर्णय गरिएको हो ।
बहुमत सदस्यको उपस्थिति रहेको बैठकको निर्णयमा कसैको दबाब प्रभावमा नपरेर स्वतन्त्र रूपमा आजका मितिदेखि राजीनामा दिएको उल्लेख छ ।
उक्त निर्णयमा पार्टीमा नयाँ सदस्यहरूबाट र प्रदेश समितिबाट समेत हालको यस गोदावरी नगरको तथा पार्टीको सिद्धान्तअनुसार कार्य सम्पादन गर्न नसकेको ठहर गरी नयाँ सदस्यहरूलाई मार्ग खुला गरिएको उल्लेख छ ।
निर्णयमा लेखिएको छ ‘यस गोनपा रास्वपा कार्य समिति कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र रूपले आजका मिति देखि यस पार्टीमा नयाँ सदस्यहरूबाट र प्रदेश समितिबाट समेत हालको यस गोदावरी नगरको तथा पार्टीको सिद्धान्तअनुसार कार्य सम्पादन गर्न नसकेको ठहर गरी नयाँ समितिलाई मार्ग खुला गर्नु पर्ने चाहना यस समितिको बैठकले औँल्याएकाले नयाँ व्यक्तिहरूलाई कार्य सम्पादनमा सहजताको लागि यस नगर समितिको जिम्मेवारीबाट राजीनामा दिने निर्णय सर्व सहमतिले पारित गरियो ।’

 


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी