राष्ट्रिय सभाको बैठक सर्यो, अब साउन २७ गते बस्ने
पढ्न लाग्ने समय :
काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ। आज (साउन २२ गते) बस्ने तय भएको बैठक स्थगित गर्दै नयाँ मिति तोकिएको हो।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार, साउन २२ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने भनिएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्नेछ।
सूचनामा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३०) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले बैठकको नयाँ मिति र समय निर्धारण गरेको उल्लेख गरिएको छ।
बैठक स्थगित हुनुको कारण भने सूचनामा खुलाइएको छैन।