राष्ट्रिय सङ्गीतकर्मी संघ कैलालीको अध्यक्षमा ओली

Saturday April 11, 2026

पढ्न लाग्ने समय :


कैलाली : राष्ट्रिय सङ्गीतकर्मी संघ कैलालीको अध्यक्षमा दीपेन्द्र ओली निर्वाचित भएका छन् ।

घोडाघोडीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा अनु खड्का, महासचिवमा तपेन्द्र ढुङ्गाना, उपमहासचिवमा प्रशान्त क्षेत्री चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा यज्ञराज जैशी र सहकोषाध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् ।

समितिका सदस्यहरूमा श्याम बोहरा, गणेश सुनार, भरत ताम्राकार, अर्जुन केसी र तुला धामी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष ओलीले संगीतकर्मी संघलाई अझ सशक्त र संगठित बनाउँदै संगीतकर्मीहरूको समस्या तथा सम्भावनाका विषयमा सक्रिय भूमिका खेल्ने बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले गीत सङ्गीतको संरक्षण र सम्बद्र्धनमा साथ दिने बताएका थिए ।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले