राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

Saturday April 27, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो। खेलमा पहिलो सेटमा एपिएफ २५–२२ ले विजयी भयो। त्यस्तै दोस्रो सेट पनि पुलिसले एपिएफलाई २४–२६ ले सुम्पन पुग्यो।

त्यस्तै तेश्रो सेट एपिएफले २५–१९ ले जित्यो । उपाधिसँगै एपिएफले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पुलिसले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउन वाध्य भयो ।

त्यस्तै प्रतियोगीतामा तेस्रो भएको न्यु डायमण्ड महिला भलिबल टिमले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो भने तथा चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरेको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा नेपालका शीर्ष चार टोलीको सहभागिता रहेको थियो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।