राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

Thursday April 25, 2024

पढ्न लाग्ने समय :


गण्डकी। पोखरा महानगरपालिका-२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको छ।

पोखरा महानगरपालिका-२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका-३० स्थित भूगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शरणकुमार प्रधानले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत ए लेबल मेन्स डबल, सी लेबल मेन्स डबल, ५५ वर्षभन्दा माथिको मेन्स डबल्स र वुमेन्स डबल्समा एक सय २६ टोलीको सहभागिता रहने उनले बताए। ए लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ४१ हजार, २२ हजार हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ।

सी लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई रु ३५ हजार, १८ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। पचपन्न वर्षमाथिको मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, १६ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।


भर्खर

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । लमही नगरपालिका–७ वनघुस्रीस्थित

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय