राष्ट्रपति रनिङ सिल्ड आजदेखि

Tuesday April 16, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड आजदेखि शुरु हुँदैछ। प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषदका अनुसार उद्घाटन कार्यक्रममा मार्च पास, विभिन्न विद्यालयका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स संघको प्रस्तुति रहने छ।

५६ स्वर्णका लागि प्रतियोगितामा सातै प्रदेशबाट ६८६ खेलाडीको सहभागिता रहने छ। एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ।

प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको छ। प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ। यस्तै शीर्ष तीन स्थान हात पार्ने टिमले पनि नगद पुरस्कार पाउने छन्।

साथै जुनियर राष्ट्रिय कीर्तिमानका लागि १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने जनाइएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।