राष्ट्रपतिले नागरिकता विधयेक संसदमा फिर्ता नगरे अदालत जान्छौं
पढ्न लाग्ने समय :
काठमाडौं । नागरिकता मामलाका जानकार एवं नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य हेमन्त सेढाईंले राष्ट्रपतिले नागरिकता विधयेक संसदमा फिर्ता गर्नुपर्ने बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै नेता सेढाईंले विधेयक राष्ट्रपतिले संसदमा फिर्ता नगरे आफूहरु अदालत गएर रोक्ने बताए । उनले राष्ट्रपति जनताको अविभावक भएकाले यसमा राष्ट्रपतिले विचार गर्नुपर्ने बताए ।
संविधानमा एकपटकलाई राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने प्रावधान रहेको उनले जिकिर गरे । उनले संसदमा विधेयक फिर्ता गरी फेरि दुबै सदनबाट पारित गरी पठाएमा भने राष्ट्रपतिले त्यसलाई लालमोहर लगाउनुपर्ने बताए ।