राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सा विषयमा स्नातकोत्तर तह ( एमडी) को पठनपाठन सुरुआत भएको छ । प्रतिष्ठानमा पहिलोपटक एमडी तहको पठनपाठन थालिएको  प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने जानकारी दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले एमडी तहमा अध्ययनका लागि भर्ना भएका चिकित्सकलाई स्वागत गरे ।  सो अवसरमा प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै प्रदान गरिरहेको सेवाका बारेमा जानकारी पनि गराइएको थियो ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानका लागि निर्धारण गरेको चारवटा सिटमा एमबिबिएस तह अध्ययन पूरा गरेका चिकित्सक एमडी तहमा भर्ना भएका थिए ।  ती मध्ये एमडीजिपीमा दुई, गाइनोकोलोजीमा एक र अर्थोपेडिकमा एकजना रहेका छन् । एमडी तहको पठनपाठनका लागि प्रोफेसर डा नारायणसिंह गुरुङ,  एसोसिएट प्रोफेसर डा वसन्त लामिछाने, प्रतिष्ठानका डिन सागर पन्थीलगायत खटिनु हुने भएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम सञ्चालनको थालनी गर्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि रहेको बताए ।


भर्खर

नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा लागेको डढेलो नियन्त्रण गर्न र

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा । बाजुरा जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले

भिक्षु धर्ममूर्तिको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती समारोह समिति गठन

काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन