राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सा विषयमा स्नातकोत्तर तह ( एमडी) को पठनपाठन सुरुआत भएको छ । प्रतिष्ठानमा पहिलोपटक एमडी तहको पठनपाठन थालिएको  प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने जानकारी दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले एमडी तहमा अध्ययनका लागि भर्ना भएका चिकित्सकलाई स्वागत गरे ।  सो अवसरमा प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै प्रदान गरिरहेको सेवाका बारेमा जानकारी पनि गराइएको थियो ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानका लागि निर्धारण गरेको चारवटा सिटमा एमबिबिएस तह अध्ययन पूरा गरेका चिकित्सक एमडी तहमा भर्ना भएका थिए ।  ती मध्ये एमडीजिपीमा दुई, गाइनोकोलोजीमा एक र अर्थोपेडिकमा एकजना रहेका छन् । एमडी तहको पठनपाठनका लागि प्रोफेसर डा नारायणसिंह गुरुङ,  एसोसिएट प्रोफेसर डा वसन्त लामिछाने, प्रतिष्ठानका डिन सागर पन्थीलगायत खटिनु हुने भएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम सञ्चालनको थालनी गर्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि रहेको बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।