रानीसैनमा सुरक्षा फौज राखेर संरक्षण गर्न नगर प्रमुख हमालको आग्रह

Thursday May 21, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले रानीसैन क्षेत्रलाई संघीय सरकारले संरक्षित क्षेत्र घोषणा गरी सुरक्षा फौज राखेर संरक्षण गर्न आग्रह गरेका छन्।

हमालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रानीसैन क्षेत्र पर्यटन, बहुमूल्य जडीबुटी तथा लोपोन्मुख वन्यजन्तुको महत्वपूर्ण बासस्थान भएको बताएका छन्। उनले उक्त क्षेत्रलाई “देशकै महत्वपूर्ण सम्पत्ति” भएको उल्लेख गर्दै सम्पूर्ण नेपालको साझा सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

“रानीसैन क्षेत्र पर्यटन, बहुमूल्य जडीबुटी र लोपोन्मुख वन्यजन्तुको स्थान हो। यो देशको महत्वपूर्ण सम्पत्ति हो,” हमालले उल्लेख गरेका छन्।

हाल बाजुरा–हुम्ला सीमावर्ती क्षेत्रमा देखिएको विवाद र सुरक्षा चुनौतीका बीच हमालले संघीय सरकारलाई विशेष पहल गर्न आग्रह गरेका हुन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।