राजेश पायलको डिभोर्स : श्रीमतीलाई नक्सालको घर र ५० लाख नगद

Thursday April 4, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते उनीहरुबीच सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।

राजेश र साङबुङका डेढ वर्षका छोरा छन् । फैसला अनुसार छोरा १८ वर्ष नपुगेसम्म मासिक १५ हजार रुपैयाँ राजेशले माना चामल वापत बुझाउनु पर्नेछ । छोरा शिशु अवस्थामै रहेका कारण आमासँगै रहनेछन् ।

अंश वापत राजेशले ५० लाख नगद साङबुङलाई दिनुपर्ने छ । राजेशका नाममा रहेको काठमाडौंमा १ आना १ पैसा ३ दाममा बनेको घर साङबुङ र छोराको संयुक्त नाममा रहने फैसला भएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले खबरहबलाई जानकारी दिए । गायनबाट आर्जन गरेको रकमले उनले बनाएको घर राम्रोसँग फिनिसिङ समेत भइसकेको छैन ।

प्रवक्ता पन्थीका अनुसार गत साउन २१ राजेशले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए । प्रेम सम्बन्धमै रहेका बेला राजेश र साङबुङले सन्तानको जन्म दिएका हुन् । त्यसपछि भने उनीहरुले विवाह दर्ता गरेका थिए । उनीहरुबीचको उमेर अन्तर २६ वर्षको छ ।

राजेशले विवाहका बारेमा कहिल्यै पनि खुलेर कुरा गरेनन् । राजेश निकट स्रोतका अनुसार उमेर अन्तरका कारण यो जोडीको सम्बन्ध समधुर बन्न सकेन । सुत्केरी अवस्थामा पनि श्रीमानबाट राम्रो साथ नपाएको भन्दै साङबुङले सामाजिक सन्जालबाटै विभिन्न आरोप लगाउँदै आएकी थिइन् ।

यसैवीच बुधबार राति राजेश पायल मादक पदार्थ खाएर होहल्ला गरेको आरोपमा पक्राउसमेत समेत परेका थिए । समूहमा पक्राउ परेका उनलाई बानेश्वर प्रहरीले अबदेखि त्यस्तो व्यवहार नगर्ने शर्तमा सम्झाएर रिहा गरेको छ ।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले